राष्ट्रिय

लाइसेन्सको रोकिए परीक्षा

0Shares

काठमाण्डौ, पुस २७: महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को वितरणको प्रक्रियालाई थप पारदर्शी बनाउन सरकारको ध्यानाकर्षण गराएको  छ । यातायात व्यवस्था विभागलाई पत्र लेख्दै महाशाखाले लिखित तथा प्रयोगात्मक परीक्षालाई परादर्शी बनाउन थप उपायहरु अबलम्बन गर्न सुझाव दिएको  छ ।

प्रक्रियालाई थप पारदर्शी बनाउन माग गर्दै सोमबारबाट परीक्षाहरुमा ट्राफिक प्रहरीका प्रतिनिधि पनि खटाउन छाडेको छ । यसले गर्दा उपत्याकका लाइसेन्स कार्यालयले सोमबार लिखित र प्रयोगात्मक परीक्षा लिन पाएनन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार यसबारे सोमबार नै विभागसँग छलफल हुँदैछ ।‘सीसी टिभी क्यमेराबाट हुने निगरानी पनि बढाउने र पास-फेलको रेकर्ड अझै परादर्शी रुपमा आदानप्रदान गर्नेबारे विभागसँग छलफल हुन्छ,’ अधिकारीले भने,’यसो हुँदा कतै कसैबाट बदमासी हुन पाउँदैन, भइहाले कारवाही गर्ने सहज हुन्छ ।’

उनले लाइसेन्स कार्यालयसँग आफूहरुको मनमुटाव नरहेको र प्रक्रियालाई थप पारदर्शी गर्न मात्रै ध्यानाकर्षण गराइएको बताए ।

0Shares