लिग-२ मा नेपालको खेल तालिका सार्वजनिक
ओमान, अमेरिका र नेपाल – आगामी १९ देखि २८ मार्च – ओमानमा
स्कटल्यान्ड, नेपाल र नामिबिया – आगामी जुलाईमा – स्कटल्यान्डमा
नेपाल, युएई र पपुवा न्युगिनी- फेब्रुअरी २०२२- नेपालमा
नामिबिया, स्कटल्यान्ड र नेपाल – २०२२ को २५ मार्चदेखि ५ अप्रिलसम्म – नामिबियामा
अमेरिका, नेपाल र ओमान – जुलाई २०२२- अमेरिकामा
पपुवा न्युगिन, युएई र नेपाल – २०२२ को २२ सेम्टेम्बर देखि २ अक्टोबरसम्म – पपुवा न्युगिनीमा
नेपाल, नामिबिया र स्टकल्यान्ड- २०२३ को फेब्रुअरीमा- नेपालमा
युएई, पपुवा न्युगिनी र नेपाल – २०२३ को फेब्रुअरीमा- युएईमा
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले तय गरेको नयाँ मितिअनुसार नेपालले आगामी मार्चदेखि २०२३ को फेब्रुअरीसम्ममा ८ वटा सिरिज खेल्ने तय भएको छ।
सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपको छनोटको रूपमा रहेको लिग-२ को खेल कोरोना कारण एक वर्ष धकेलिएको छ। यसअघि सन् २०२२ मा लिग-२ सकिने तालिका थियो।
लिग-२ मा नेपालले अहिलेसम्म एउटा मात्र त्रिकोणात्मक सिरिज खेलेको छ। गत वर्ष नेपालमा भएको सिरिजमा नेपालले अमेरिका र ओमानसँग प्रतिस्पर्धा गरेको थियो।
सिरिजमा नेपालले २ खेलमा जित र २ खेलमा हार बेहोरेको थियो। अब नेपालले आफ्नो दोस्रो सिरिज आगामी १९ देखि २८ मार्चमा ओमान खेल्ने भएको छ। आइसिसीका अनुसार यो सिरिजमा पनि नेपाल, ओमान र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ।
त्यसपछि आगामी जुलाईमा नेपालले स्कटल्यान्डमा अर्को सिरिज खेल्नेछ। सो सिरिजमा नेपालसहित स्कटल्यान्ड र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ।
लिग–२ मा नेपालसहित नामिबिया, ओमान, पपुवा न्युगिनी (पिएनजी), स्कटल्यान्ड, युएई र अमेरिका छन्।
एक सिरिजमा ६ एकदिवसीय खेल हुनेछन् भने एक टिमले चार खेल खेल्नेछ।
प्रत्येक टिमले लिग-२ का सबै खेल गरी ३६ वटा खेल खेल्नेछ।
एक टिमले ९ वटा सिरिजमा प्रतिस्पर्धा गर्नेछन्। जसमा नेपालले एक सिरिज खेलको छ भने बाँकी ८ वटा सिरिज २०२३ को फेब्रुअरीसम्ममा खेल्नेछ।
३६ एकदिवसीय खेल मध्ये नेपालले ४ खेल खेल्दा अझै ३२ खेल खेल्न बाँकी छ।
लिग-२ मा १० खेल खेलिसकेको ओमान १६ अंक जोडेर शीर्ष स्थानमा छ भने दोस्रो स्थानको अमेरिकाको १२ खेलबाट १२ अंक छ।
तेस्रो स्थानको स्कटल्यान्डको ८ खेलबाट ९ अंक, चौथो स्थानको नामिबियाको ७ खेलबाट ८ अंक, पाँचौ स्थानको युएईको ७ खेलबाट ७ अंक र छैटौं स्थानको नेपालको ४ खेलबाट ४ अंक छ। सातौं स्थानको पपुवा न्युगिनीले ८ खेलबाट अंक जोड्न सकेको छैन।