Uncategorized

लुम्बिनी प्रादेशिक अस्पतालका सटरमा डोजर चल्यो

0Shares

बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालका ब्यबसायिक सटरमा डोजर चलेको छ । प्रदेश सरकारले अस्पतालको बिकाससगै प्रदेशको गौरवको आयोजनाको रूपमा अगाडि बढाउने जनाएसंगै बिहानै देखि डोजर चलेको हो ।

अस्पताल प्रशासनले पटक पटक सूचना प्रकाशित गरेर सटर खाली गर्न ब्यबसायीलाई आग्रह गरेपनि अटेर गरेपछि अस्पतालका सटरमा बिहिवार बिहान डोजर चलेको हो ।

अस्पतालका ७३ वटा ब्यवसायिक सटरहरू रहेका छन् । जिल्ला अदालत रुपन्देहीमा परेको मुद्दा उपर अदालतले सटर भत्काउन बाटो खुलाएसँगै अस्पताल बिकास समितिले बुधवार राति १२ बजेसम्म २४ घण्टे अल्टिमेटम दिएको थियो ।

अल्टिमेटम उपर पनि ब्यबसायीहरूले सटर खालि गर्न आनाकानी गरेपछि डोजर चलाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।

अस्पतालको चरणबद्ध बिकासका लागि अस्पतालका सटरहरु खाली गर्ने अस्पतालको योजना अनुसार सटर भत्काईएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन राजेन्द्र खनालले जानकारी दिए । उनले आज सबै सटरमा डोजर लगाएर खाली गरिने जानकारी दिए ।

Source: Butwal Online

0Shares