राष्ट्रिय

लोकसेवा आयोगले खुलायो चार सय बढी पदमा आवेदन

0Shares

काठमाडौ,चैत २५: लोकसेवा आयोगले साढे ४ सय बढी पदमा आवेदन खुलाएको छ । लोकसेवा आयोगले आज बुधबार राजपत्र अनंकित द्वितीय श्रेणीमा प्राविधिक तथा स्वास्थ्य सेवा चौंथो तहमा साढे ४ सय बढी पदमा आवेदन खुलाएको हो ।
आयोगका अनुसार खुला तथा समावेशी पदमा प्रयोगात्मक लिखित परीक्षाका लागि आवेदन खुला गरिएको हो । विभिन्न कार्यालयमातहतका जिल्लामा चाहिने कर्मचारीहरूका लागि आवेदन मागेको छ ।योग्यता पुगेका उम्मेदवारले आयोगका कार्यालयहरू धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौंडा, पोखरा, बाग्लुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दीपायल र महेन्द्रनगरले माग गरेका विभिन्न पदमा अनलाइनमार्फत आवेदन दिन सक्ने छन् ।

0Shares