बिजनेस

विकास बजेट खर्च पोहोरभन्दा सुस्त, २ महिनामा मात्र ३.८७ प्रतिशत

0Shares

२ असोज, काठमाडौं । संघीय सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को दुई महिनाको अवधिमा ३.८७ प्रतिशत मात्र बजेट खर्च गर्न सफल भएको छ ।

कूल १५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँ बजेट खर्चको लक्ष्य राखेको सरकारले दुई महिनामा केवल ५९ अर्ब ३९ करोड २२ लाख रुपैयाँ बजेट खर्च गरेको हो । त्यसमध्ये सबैभन्दा ठूलो हिस्सा साधारण खर्चको छ ।

तथ्यांकअनुसार दुई महिनामा साधारण खर्च ५३ अर्ब ६६ करोड २८ लाख रहेको छ । विकास खर्चको गति भने दयनीय देखिन्छ । दुई महिनामा पुँजीगत खर्च ५ अर्ब १३ करोड ४१ लाख रुपैयाँ मात्र रहेको छ । सरकारले यस आवमा ४ खर्ब ८ अर्ब रुपैयाँ पुँजीगत खर्चको लक्ष्य राखेको थियो ।

त्यसो त हरेक आवमा सरकारको गति उस्तै देखिन्छ । साउन र भदौलाई आयोजनाको पूर्व तयारीको महिनामा रुपमा लिने परम्परा रहेको छ । यो परम्परा तोड्न १५ जेठमै बजेट ल्याई आर्थिक वर्ष शुरु हुनुअघि ४५ दिनको समय राखिएको थियो । तर, खर्च प्रणालीको परम्परागत ढर्रा सरकारले तोड्न सकेन ।


source:https://www.onlinekhabar.com/2019/09/797433

0Shares