राष्ट्रिय

विघटित प्रतिनिधिसभाका सदस्यहरुसँग ओलीको छलफल चल्दै

0Shares

काठमाडौं, ६ पुस प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षका नेता तथा विघटित प्रतिनिधिसभाका सदस्यहरुसँग छलफल सुरु गरेका छन् । केहीसमय अघिदेखि प्रधानमन्त्री निबास बालुवाटारमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका हुन् ।

बैठकमा प्रतिनिधिसभा भङ्ग भएपछिको अवस्था र घोषणा गरिएको मध्यावधि चुनावको विषयमा छलफल भइरहेको छ । ओली निकटका नेताले प्रतिनिधिसभा विघटन गर्नु बाध्यात्मक परिस्थिति भन्दै आएका छन् ।

प्रतिनिधिसभा विघटन र मध्यावधि चुनावको विषयमा नेपाली कांग्रेससहित विपक्षी दल र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै असन्तुष्ट पक्षले सोमबार छुट्टाछुट्टै छलफल गर्दै छन् । आइतबार मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भङ्ग गर्दै आउँदो बैशाख १७ र २७ गते चुनावको घोषणा गरेकी थिइन् ।

0Shares