राष्ट्रिय

विपक्षी गठबन्धनको बैठक नेकपा (एमाले)का वरिष्ठ नेता नेपालको निवास कोटेश्वरमा बस्दै

0Shares

काठमाडौ,असार २८: विपक्षी गठबन्धनको बैठक नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा बस्ने भएको छ। यसअघि सिंहदरबारमा तय भएको बैठक नेपाल निवासमा बस्ने भएको हो। बैठक साँझ ५ बजे बस्नेछ। स्वास्थ्य समस्याका कारण नेता नेपाल सिंहदरबारको बैठकमा उपस्थित हुन नसक्ने भएपछि गठबन्धनका नेताहरू उनकै निवासमा जम्मा हुन लागेका हुन्।
गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एमालेको नेपाल पक्ष,जनता समाजवादी पार्टीको उपेन्द्र यादव,-बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चा सम्मिलित छन्। प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि पाँच दलीय गबन्धनको बैठक बस्न लागेको गठबन्धनका एक नेताले बताए। सर्वोच्च अदालतले दुई भोलि बेलुका ५ बजेसम्म कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न समेत परमादेश जारी गरेको छ।

0Shares