राष्ट्रिय

विप्लव पुगे माधब नेपालको निवासमा

0Shares

काठमाडौ,असार ३१: नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकार परिवर्तन लगत्तै सत्तारुढ दलसँग भेटघाट तीव्र बनाएका छन्।हिजो नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न पुगेका विप्लव र धर्मेन्द्र बाँस्तोलाले आज एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका हुन्। नेपाललाई भेट्न दुई नेता आज बिहान कोटेश्वर पुगेका थिए।

दुई वर्षसम्म प्रतिबन्ध भोगेपछि नेकपा अहिले खुला राजनीतिमा छ। सम्झौता पूरा नगरेको भन्दै सो पार्टी केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारसँग असन्तुष्ट छ।आफ्ना कार्यकर्तालाई निःशर्त रिहा माग गर्दै आएको यो पार्टीका केही नेताहरू अझै जेलमै रहेका छन्।

0Shares