राष्ट्रिय

विश्वकै सबैभन्दा प्रदूषित शहर काठमाडौं

0Shares

काठमाडौ,वैशाख ८ : मौसममा आएको बदलीपछि फेरि काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहर भएको छ । केही दिनअघि वर्षा भएसँगै प्रदूषणमा कमी आएको भए पनि मंगलबार अपरान्हपछि बिग्रिएको मौसमका कारण फेरि काठमाडौं विश्वकै प्रदूषित शहर बनेको हो ।

बुधबार बिहान काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १८० रहेको छ । दोस्रो स्थानमा भारतको दिल्ली रहेको छ । दिल्लीको एक्यूआई १७८ रहेको छ । तेस्रो स्थानको बंगलादेशको ढाकाको एक्यूआई १६२ रहेको छ।नेपालमा तुवाँलोसमेत बढ्दै गएपछि प्रदूषण पनि बढेको हो। काठमाडौं बाहेकका अन्य शहरको प्रदूषण पनि बढेको छ। यसअघि काठमाडौं लगातार १२ दिनसम्म विश्वकै सबैभन्दा प्रदूषित शहर बनेको थियो।

0Shares