राष्ट्रिय

वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईदै

0Shares

काठमाडौ,वैशाख ५: सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने भएको छ ।६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइने छ । यसैगरी एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधि खुवाइने छ । ६ गते खान छुटेकालाई ७ गते खुवाउन सकिने छ ।
आफूलाई पायक पर्ने वितरण केन्द्रमा गएर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले सबै अभिभावकहरुलाई आग्रह गरेको छ । यस वर्ष कोरोना संक्रमणको जोखिम रहेकाले औषधि खुवाउने ठाउँसम्म जाँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

0Shares