राष्ट्रिय

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा आगालागी

0Shares

काठमाडौ,चैत २९: शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा आगो लागेको छ । आइतबार दिउसको एक्कासी शिवपुरीको जंगलमा ठूलो धुवाँको मुस्लो देखिएको हो ।
निकुञ्जका गेम स्काउट गोपाल बस्नेतका अनुसार आइतबार ११ बजे निकुञ्जमा आगलागी भएको हो । उनका अनुसार बुढानिलकण्ठ नगरपालिका-१ तौलुङबाट आगलागी सुरू भएको हो ।शिवपुरीको जंगलमा आगलागी भएपछि नियन्त्रणका लागि प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र निकुञ्जकै कर्मचारी खटिएका छन् ।आगलागीको कारण खुल्न सकेको छैन भने क्षतिको विस्तृत विवरण पनि आउन बाँकी छ ।

0Shares