पुंजीबजार

शेयर बजारमा इन्फ्रास्ट्रक्चर बैंक (NIFRA) को सबभन्दा धेरै चर्चा

0Shares

काठमाडौ,फागुन ७: नेपाल को अहीले सम्मको सबैभन्दा ठुलो आईपीयो नीस्कासन गरेको इन्फ्रास्ट्रक्चर बैंक (NIFRA) को शेयर यहि साताबाट कारोबारमा आएको छ । सेयर बजारमा यतिबेला नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) सबभन्दा धेरै चर्चामा छ। यो कम्पनीको सेयर चर्चामा आउनुको मुख्य कारण यसको आइपिओ भरेका सबै, १४ लाख ७५ हजारले सेयर पाएका थिए। यति धेरै संख्याले आइपिओ पाएको यो नै पहिलो हो। बाँडफाँट गर्दा धेरैले ५० र ६० कित्ता सेयर पाए। त्यस्तै बजारमा सबभन्दा धेरै कित्ता सेयर सूचीकृत भएको कम्पनी पनि निफ्रा नै हो। यसको २० करोड कित्ता सेयर सूचीकृत छ। हाल कम्पनीको बजार पुँजीकरण एक खर्ब नजिक पुगेको छ। सेयर संख्या धेरै भएकाले पनि सूचीकृत भएको छोटो समयमै निफ्राको पुँजीकरण उच्च भएको छ। कारोबार सुरू भएको दिन गत आइतबारदेखि नै कम्पनीको मूल्य दैनिक दस प्रतिशतका दरले बढेको छ। आइपिओमा पाँच हजार रूपैयाँ लगानी गर्नेले एक महिनामै २२ हजार ३ सय रूपैयाँ (कमिसन र पुँजीगत लाभकर कटाैतीबाहेक) नाफा कमाए, जुन राम्राे पक्ष हो। धेरै लगानीकर्ता भएको कम्पनी भएकाले बजारमा अहिले यसको मूल्य कतिसम्म जाला भन्ने अनेक हल्ला चलिरहेका छन्। 

बिहीबारको मार्केट हेर्दा बजार बन्द हुने बेला सेयर खरिदतर्फ १५ लाख १२ हजार कित्ता अर्डर देखिन्थ्यो भने बेच्नेतर्फ कोही थिएनन्।त्यस्तै बजारमा खरिद गर्नेहरू ठूला लगानीकर्ता नै रहेको देखिन्छ। एउटै ब्रोकर कम्पनीबाट धेरै संख्यामा सेयर उठाइएको छ। यस्तो छ, एउटा उदाहरणःकतिपय जानकार भने कम्पनीको बजार मूल्य दुई-तीन दिनमै घट्न सक्ने बताउँछन्।लगानीकर्ता भन्छन्, ‘अहिलेसम्म माग अत्यधिक भएकाले नै बजार बढेको हो। अझै पनि सेयरको माग देखिएकाले केही दिन बढ्न सक्छ।’पछिल्ला दिनमा उल्लेख्य कारोबार हुँदै गएकाले केही दिनमै यसको मूल्य वृद्धिमा ब्रेक लाग्न गई घट्न सक्नेछ। बिहीबार मात्रै यो कम्पनीको ५० करोड रूपैयाँको सेयर किनबेच भएको छ। बुधबार ७० करोडको भएको थियो।यति धेरै रकमको कारोबार हुनु भनेको बेच्नेहरू पनि धेरै हुनु हो। यद्यपि अहिलेसम्म खरिद गर्नेको चाप बिक्री गर्नेभन्दा धेरै भएको मात्रै हो। साधारण सेयर संख्या नै ८ करोड कित्ता भएकाले केही दिनमै खरिद गर्न चाहनेले धान्न नसक्नेगरी आपूर्तिमा चाप पर्न सक्नेछ। अर्कोतर्फ कम्पनीको वित्तीय स्थिति मजबुत छैन भने बिजनेस बढाउन सबभन्दा ठूलो चुनौती छ। कम्पनीले ठूलो रकममा निक्षेप संकलन गरी पूर्वाधार क्षेत्रमा लगानी गर्छ। उसले संकलन गरेको निक्षेपमा दिने ब्याज र ऋणी आयोजनाबाट लिने ब्याजको अन्तर नै आम्दानीको मुख्य स्राेत हो।निफ्रामा व्यक्तिगत निक्षेपकर्ताले कम्तीमा पाँच वर्षका लागि न्यूनतम एक करोड रूपैयाँ जम्मा गर्नुपर्छ। जसमा दिने ब्याजदर जम्मा ७.२५ प्रतिशत छ। जबकि वाणिज्य बैंकहरूले नै अहिले योभन्दा धेरै, ८ प्रतिशतसम्म ब्याज दिन्छन्।निफ्राले यस आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म ३५ करोड २२ लाख रूपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिको तुलनामा नाफा ५ करोडले घटेको हो। बिहीबारको मूल्यअनुसार निफ्राको मूल्य आम्दानी अनुपात (पिई रेसियो) १५५ हुन्छ भने एचआइडिसिएलको ६३ छ। केही वाणिज्य बैंकको त २० भन्दा कम छ। यसको अर्थ बराबर लाभांशका लागि निफ्रामा हुने लगानी सबभन्दा धेरै, अर्थात् महँगो पर्नु हो। निफ्रामाभन्दा कम लगानी गरेर एचआइडिसिएलसहित अरू कम्पनीले नै धेरै लाभांश दिने क्षमता राख्छन्। 

0Shares