पुंजीबजार

शेयर बजारमा लाग्यो नकारात्मक सर्किट

0Shares

साताको पहिलो कारोबार दिन बजार खुलेको ४ घण्टा नपुग्दै नेप्से सूचक ६ प्रतिशतले घटेपछि सेयर बजारमा नेगेटिभ सर्किट लागेर कारोबार समय बाँकी छदै आइतबारको कारोबार स्थगित भएको छ ।साढे २ नबज्दै सेयर कारोबार मापक नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि आइतबारको कारोबार स्थगन गरिएको हो ।

११ बजेदेखि ३ बजेसम्म हुने कारोबारमा कारोबार खुलको पहिलो घण्टामा ४ प्रतिशतले बजार तलमाथि भए सर्किट ब्रेक लाग्ने र २० मिनेका लागि कारोबार स्थगन हुने व्यवस्था छ ।

पहिलो घण्टा ४ प्रतिशतले, दोस्रो घण्टा ५ प्रतिशत र तेस्रो घण्टा ६ प्रतिशतले घटबढ भएमा सर्किट ब्रेक लाग्ने नियम छ । आइतबार सर्किट ब्रेक लाग्दा सम्म नेप्से परिसूचक ३ दशमलव ३४ अंकले घटेर १९३२ दशमलव ११ अंकमा झरेको छ ।

0Shares