पुंजीबजार

शेयर बजारले मंगलबार नयाँ रेकर्ड कायम

0Shares

काठमाडौ,फागुन ४:शेयर बजारले आज मंगलबार नयाँ रेकर्ड कायम गरेको छ। रेकर्ड लाई ब्रेक गर्दै २६०० विन्दु माथि पुगेको हो। यस दिन नेप्से सूचक १५.५० अंकले बढेर २६०१.५१ विन्दुमा पुगेको छ। यो नेप्सेले कायम गरेको हालसम्मकै उच्च विन्दु हो। त्यस्तै मंगलबार सेन्सेटिभ सूचक पनि ४.०९ अंकले बढेको छ।

आजको दिन कारोबार रकम पनि १० अर्बमाथि पुगेको छ। आज २०८ वटा कम्पनीको १ करोड ७७ लाख ३२ हजार ७६५ कित्ता शेयर १० अर्ब ३ करोड ५४ लाख ५४ हजार ९५५ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस दिन कारोबारमा आएका ११५ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ५३ वटा कम्पनीको शेयरमूल्य बढेको छ। ७ कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएन।

0Shares