राष्ट्रिय

शेरबहादुर देउवा र वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाबीच छलफल

0Shares

काठमाडौ,साउन ६: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाबीच छलफल भएको छ । उनीहरुबीच मंगलबार विहान बालुवाटार प्रधानमन्त्री निवासमा भेटघाट भएको हो ।स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तार गर्न लागेका प्रधानमन्त्री देउवाले सिटौलासँग उनको क्याम्पबाट मन्त्री हुने एक जनाको नाम मागेका छन् । यसअघि सिटौला गुटबाट गगन थापा मन्त्री बन्ने चर्चा चले पनि सिटौलाले उमाकान्त चौधरीको नाम सिफारिस गरेका छन् ।‘कुन मन्त्रालयले भन्ने टुंगो लागिसकेको छैन,’ सिटौलानिकट एक नेताले भने, ‘तर, यो समूहबाट उमाकान्त चौधरीको नाम सिफारिस भएको छ । मन्त्रिपरिषद् विस्तार हुँदा उहाँ मन्त्री बन्नु हुनेछ ।’
२९ साउनमा प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले यही साताभित्र मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएका छन् । तर, नेकपा एमाले माधवकुमार नेपाल समूहबाट अहिलेसम्म सरकारमा जाने वा नजाने विषयमा निर्णय नआइसकेकाले देउवाले मन्त्रिपरिषद् विस्तारलाई टुंगोमा पुर्याउन सकेका छैनन् ।आजै माओवादी केन्द्रले स्थायी कमिटी बैठक राखेर आफ्नो पार्टीबाट सरकारमा सामेल हुनेहरुको नाम टुंगो लगाउने भएको छ ।यता, नेपाली कांग्रेसको भागमा कति मन्त्रालय पर्छन् भन्ने अहिलेसम्म टुंगो छैन । देउवाले मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफूसहित कांग्रेसलाई ९ मन्त्रालय आवश्यक हुने बताएका थिए । तर, यसबारे देउवालाई विश्वासको मत दिएका पाँच दलले टुंगो लगाउन सकेका छैनन् ।कांग्रेसको भागमा ८ मन्त्रालय आएको खण्डमा देउवाले आफूलाई ४ मन्त्रालय राखेर वरिष्ठ नेता रामचन्द्र पौडेललाई ३ र कृष्णप्रसाद सिटौलालाई १ मन्त्रालय दिने तयारी गरेका छन् ।

0Shares