अन्तराष्ट्रिय

श्रीलंकाको नाका अन्तर्राष्ट्रिय रुपमा खुल्ला

0Shares

काठमाडौ माघ १२ :श्रीलंकाले कोभिड १९को कारण बन्द गरेको आफ्नो देशको सीमा अन्तर्राष्ट्रिय रुपमा खुला गरेको छ । श्रीलंकाको पर्यटन मन्त्रालयले बिहीबार उक्त कुराको जानकारी गराएको हो । बिहीबारबाट श्रीलंका आउने सबै अन्तर्राष्ट्रिय जहाजहरु खुला गरिएको जानकारी दिइएको छ ।

यस अघि श्रीलंकामा कोभिडको कारण सबै स्थलमार्गका साथै अन्य अन्तर्राष्ट्रिय उडानहरु समेत बन्द गरिएको थियो ।श्रीलंकाको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार बिहीबार मात्र ओमनबाट ५० जना श्रीलंकाली नागरिक बोकेर ओमन एयरको विमान बन्दरनायके अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

सो विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै श्रीलंकाली पर्यटन मन्त्री प्रसन्ना रणतुंगाले बिहीबारबाट श्रीलंकाले विदेशी उडानहरु पनि खुला गरेको जानकारी दिए । श्रीलंकाको पर्यटन व्यवसाय प्रभावित परेको अवस्थामा वर्तमान सरकारले यसरी विदेशी उडानहरु शुरु गराएर राम्रो काम गरेको भनि श्रीलंकाली प्रधानमन्त्री र राष्ट्रपतिलाई विशेष धन्यवाद दिए ।

यहाँका होटल तथा पर्यटकहरुलाई सेवा दिने अरु सबै निकायहरुले आवश्यक मात्रामा स्वास्थ्यको सुरक्षाका मापदण्डहरु अपनाउने जानकारी गराए  । यहाँ आउने सबै पर्यटकहरुलाई पनि सो मापदण्ड पालना गर्न भन्ने र स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु देशभित्र अपनाइने भन्दै श्रीलंकाको पर्यटन क्षेत्र सुरक्षित रहेको बताए । तर यहाँ आउने प्रत्येक पर्यटकलाई पीसीआर परीक्षण गरिने बताइएको छ । उनले विमानस्थलको आगमन कक्षमा नै विदेशी पर्यटकको पीसीआर परीक्षण गर्ने गरिएको बताए ।

0Shares