खेलकुद

श्रीलंकाविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा भारतले ७ विकेटको जित

0Shares

काठमाडौ,साउन ४: श्रीलंकाविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा भारतले ७ विकेटको जित निकालेको छ । कोलम्बोमा भएको खेलमा भारतले २६३ रनको विजयी लक्ष्य ३६.४ ओभरमा ३ विकेटको नोक्सानीमा पूरा गर्यो ।
भारतका लागि ओपनर पृथ्वी शाले २४ बलमा ४३ रन बनाए । पहिलो पटक भारतीय टिमको कप्तानी सम्हालेका शिखर धवनले नटआउट रहँदै ९५ बलमा ८६ रन जोडे । डेब्यु खेलाडी इशान किसानले ४२ बलमा ५९ रन तथा अर्का डेब्यु खेलाडी सूर्यनारायण यादवले २० बलमा नटआउट ३१ रन बनाए । धनन्जय डे सिल्भाले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको घरेलु टिमले ९ विकेटको नोक्सानीमा २६२ रन बनायो । चामिका करुणारत्नेले ३५ बलमा नटआउट ४३ रन बनाए । कप्तान डासुन शनकाले ३९ रन बनाए । दीपक चहर, युजभेन्द्र चहाल र कुलदीप यादवले २–२ विकेट लिए । पृथ्वी शा प्लेयर अफ द म्याच बने । जितसँगै भारतले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

0Shares