राष्ट्रिय

संसदको अपमान भयो: गगन थापा

0Shares

काठमाडौ,चैत १०: नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको अपमान गरेको बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको शून्य समयमा बोल्दै सांसद थापाले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभासँग बदला लिन खोजेको आरोप लगाए ।
‘कहिले प्रश्न छल्न हठात् बैठक स्थगित,’ उनले भने, ‘कहिले पार्टीभित्रको विरोधी तह लगाउन संसद भंग, अहिले प्रतिनिधि सभा विघटन गर्ने सनक सही थियो भन्नका लागि संसदलाई कामविहीन बनाउने प्रपन्च भएको छ । जतिदिन यो सरकार रहन्छ । संसदको तिरस्कार, अपमान र उपेक्षा गर्ने काम अझ बढ्दै जान्छ । किनकी प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनु छ ।’उनले आफूहरू संसदको गरिमा बचाउन डटेर लड्ने बताए । जनताले यसको हिसाब किताब समेत गर्ने उनले बताए । ‘यो विधेयक अभिवेशन हो । हामी काम गर्न तयार छौं,’ उनले भने, ‘एसिड आक्रमणकारीलाई नियन्त्रण गर्ने कानुन बनाउन दिएन भनेर हल्ला गर्ने, तर, संसदलाई एउटा पनि विधेयक नदिने ? अनि विधेयकलाई कानुन बनाउनका लागि चाहिने राष्ट्रिय सभा पनि नबोलाउने । हामी स्पष्ट छौं । हामी हाम्रो ठाउँबाट डटेर संसदको गरिमा कायम राख्न लड्नेछ । बाँकी जिम्मा जनताको । उचित समयमा जनताले यसको हिसाब किताब गर्नेछन् । आफ्नो अपमानको बदला जनताले लिनेछन् ।’

0Shares