राष्ट्रिय

संसदीय दलको नेतामा प्रचण्ड

0Shares

काठमाडौ,चैत ४: नेकपा एमाले र नेकपा माओबादी बीच चुनाबी एकता भएपछी एक भए केही समय राम्रो सम्म सम्बन्ध भएपनी प्रधानमन्त्री के पी ओलीले सम्सद विघटन गरेपछी नेकपा बीभाजीतको सग्गारमा पुग्यो। अदालतमा मुद्दा परेपछी केही समय नेकपाको दुई समुह के पी ओली पक्ष र प्रचण्ड माधब समुहले छुट्टा छुट्टै आन्दोलनको हरु गरे सरकार पक्षनै सडकमा उत्रीय।

सर्बोच्यको फैसला पछी सम्सद पुनस्थापना भयो। त्यसपछी माओबादी र एमाले छुट्टा छुट्टै भएपछी नेकपा माओवादी केन्द्रले पार्टी संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै कायम गर्ने निर्णय गरेको छ।संसदीय दलको बैठकले दाहाललाई दल नेता कायम राख्ने निर्णय गरेको सांसद वर्षमान पुनले जानकारी दिए।सर्वोच्चले नेकपा माओवादी केन्द्र ब्युँताइदिएपछि आज पहिलोपटक दलको बैठक बसेको थियो। उक्त बैठकले दलको दलको नेता प्रचण्ड र सचेतकमा देवप्रसाद गुरूङलाई नै कायम गर्ने निर्णय गरेको सांसद पुनले बताए।राष्ट्रिय सभामा दलको प्रतिनिधि नेताका रूपमा सांसद दीनानाथ शर्मालाई तोकिएको पनि उनले बताए।

0Shares