राष्ट्रिय

संसद् विघटनको पक्षमा फैसला भए लोकतान्त्रिक व्यवस्था नै खतम हुन्छ: कृष्ण सिटौला

0Shares

काठमाडौ,फागुन १०: आइतबार विराटनगरमा नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता सिटौलाले प्रधानमन्त्रीले गरेको असंवैधानिक कदमको विपक्षमा फैसला भए मात्र लोकतान्त्रिक व्यवस्थाको रक्षा हुनसक्ने बताएका छन् ।पूर्व महामन्त्री समेत रहेका नेता सिटौलाले अदालतले संविधानको पक्षमा फैसला गर्नेमा आफू विश्वस्त रहेको बताए । नेता सिटौलाले प्रधानमन्त्रीले संविधानमाथि आक्रमण गरेको समेत आरोप लगाए ।

0Shares