राष्ट्रिय

संसद् विघटनविरुद्ध १३ वटा रिट दर्ता, सुनुवाइ भोलि हुने:

0Shares

काठमाडौं, ७ पुस प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि सर्वोच्च अदालतमा रिट दर्ता भएका छन् । संसद् विघटनको विरुद्धमा सोमबारसम्म ११ वटा रिट दर्ता भएकोमा मंगलबार थप दुई वटा थपिएसँगै १३ वटा रिट दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिएका छन् ।
रिटमाथि बुधबार सुनुवाइ हुने उनको भनाइ छ । ‘भोलि रिटमाथि सुनुवाइ सुरु हुन्छ, त्यसपछि आदेशअनुसार प्रक्रिया अघि बढ्छ’, प्रवक्ता पोखरेलले भने । संसद् विघटन भएयता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै पनि छुट्टाछुट्टै बैठक बस्ने क्रम बढेसँगै पार्टी फुटको सङ्घारमा पुगेको अनुमान गरिएको छ ।

0Shares