राष्ट्रिय

संसद जीवित छ बैठक बोलाउनुस् ः जसपा

0Shares

काठमाडौं, ९ पुस जनता समाजवादी पार्टी, नेपाल (जसपा) का नेताहरुले संसद विघटनपछिको अवस्था बारे छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् । जसपाको केन्द्रीय कार्यकारिणी बैठकको निर्णयअनुसार संसद बैठक बोलाउन जसपा नेताहरुले सभामुख सापकोटालाई आग्रह गरेका हुन् । बिहीबार सभामुख सापकोटालाई जसपाका शीर्ष नेताहरुले भेट गर्दै संसद जीवितै रहेको भन्दै बैठक बोलाउन आग्रह गरेको जसपा युवा नेता विश्वदीप पाण्डेले जानकारी दिए । ‘प्रतिनिधिसभा अहिले पनि जीवितै छ, त्यसकारणले हामीले सभामुखलाई प्रतिनिधिसभाको बैठक सुरु गर्न आह्वान गरेका हौं,’ जसपा संघीय परिषद् अध्यक्ष डा. भट्टराईको भनाईं उद्धृत गर्दै पाण्डेले भने । उक्त भेटवार्तामा नेताहरुले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार संबिधानले नदिएको अवस्थामा संसद जिवितै रहेको आफ्नो पार्टीको निष्कर्ष बारे जानकारी गराएका थिए । जसपाले सभामुखलाई संसदको बैठक बोलाउन समेत आग्रह गरेको छ । सभामुखसँगको बैठकमा जसपाका नेताहरु पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र लक्ष्मणलाल कर्ण सहभागी थिए । जसपाले संसद विघटनको विरोधमा आक्रामक बन्दै देशभरी आन्दोलन समेत गरिरहेको छ । बुधबार सभामुख सापकोटाले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नरहेको भन्दै सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदै एक विज्ञप्ति जारी गरेका थिए

0Shares