राष्ट्रिय

संसद पुनर्स्थापनाको पक्षमा निर्णय नगरेमा नयाँ दलको तयारी

0Shares

काठमाडौँ,माघ २७: तक्कालीन नेपाल सरकारका स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले पुरानो तराइ मधेस लोकतान्त्रिक पार्टी व्यँझुाउने प्रयास पनि गरेका छन। त्यसबेला उनी त्यस पार्टीका सहअध्यक्ष थिए। उनले राजनीतिक दल खोल्न भित्रभित्रै गृहकार्य सुरु गरेका छन् । तत्कालिन तमलोपा सहित तराई मधेस केन्द्रित ६ दलवीच एकीकरण भइ राष्ट्रिय जनता पार्टी गठन भएदेखि नयाँ नेतृत्वसँग उनी असन्तुष्ट थिए। त्रिपाठी निकट स्रोतका अनुसार उनी अहिले सर्वोच्चको निर्णय पर्खेर बसेका छन् । सर्वोच्चले संसद पुनर्स्थापनाको पक्षमा निर्णय नगरेमा नयाँ दलको तयारी तीब्र बनाउने भएका छन् । ‘सर्वोच्चले पुनर्स्थापना गर्‍यो भने तत्काल काम अघि बढ्दैन । त्रिपाठी निकट एक नेताले भने, पुनर्स्थापना गरेन र देश चुनावमा जाने अवस्था आयो भने नयाँ पार्टीको घोषणा हुन्छ’ ।

तत्कालिन तमलोपा सहित तराई मधेस केन्द्रित ६ दलवीच एकीकरण भइ राष्ट्रिय जनता पार्टी गठन भएदेखि नयाँ नेतृत्वसँग उनी असन्तुष्ट थिए । प्रतिनिधि सभाको चुनावको मुखमै उनले तत्कालिन राजपा छाडेको घोषणा गरे र सूर्य चिन्हबाट चुनाव लडेका थिए । तर पनि उनी औपचारिक रुपमा नेकपामा प्रवेश गरेनन् । यद्यपि उनले अझै पनि आफू स्वतन्त्र भएको बताउँदै आएका छन् । ओली सरकारमा मन्त्री हुनुभन्दा पहिले उनले आफू निकट व्यक्तिहरुको भेला गरी नयाँ पार्टी खोल्ने घोषणा गरेका थिए । मन्त्री हुनु अघि उनले अनामनगरमा सम्पर्क कार्यालय समेत खोलेका थिए । तर ओली सरकारमा मन्त्री भए पछि नयाँ पार्टी खोल्ने योजना तत्कालकोलागि रोकिएको थियो ।

0Shares