संसद पुनर्स्थापना भएपछि भारतमा खुशीयाली
काठमाडौ,फागुन १२: नेपालको राजनीती लाई भारतले नजिक बाट नीहालीरहेको छ। अझै भन्नुपर्दा नेपालको राजनीतीमा केही परीबर्तन हुनुमा भारतको हात समेत रहेको पाईन्छ। पछील्लो समयमा नेपालको राजनीतीले छुट्टै मोड लीएको छ। सम्मानीय प्रधानमन्त्री के पी शर्मा ओलीले पुस ५ गते गरेको संसद विघठन पछि नेकपा दुई भगामा विभाजित भएको छ। नेकपा विभाजित संगै आएको विवाद चार्को रुपमा आएको छ। संसद विघटन पछि सर्वोच्च अदालतमा परेको रीटको सुनुवाई हिज मात्रै भयको छ। हिज सर्वोच्च अदालतले नेपालको संसद विघठन गर्ने आधिकार प्रधानमन्त्री लाई नभएको भन्दै संसद पुनर्स्थापना भएको छ। आदालतको फैसला आएको क्षणभरमै सत्तारुढ भारतीय जनता पार्टीका नेता सबैभन्दा बढी खुशी भएका छन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्र मानिने सुब्रामानियन स्वामी लेख्छन, ’नेपालबाट शुभ समाचार आएको छ, नेपाल–भारत सम्बन्ध नयाँ ढंगले अघि बढ्नेछ । म नेपालका प्रजातान्त्रिक नेताहरुसँग सम्पर्कमा छु ।’स्वामीले सर्वोच्चले १३ दिनभित्र संसद पुनर्स्थापना गरी बैठक आह्वान गर्न आदेश जारी गरेकोमा खुशी व्यक्त गरेका हुन् ।यसरी भारतीय प्रधानमन्त्री मोदीका विश्वास पात्रले नै यस्तो प्रतिक्रिया दिनुले विश्लेषकहरुले नेपालमा अझै पनि स्वतन्त्र निर्णय कार्यान्वयनमा चुनौती रहेको संकेत गर्ने बताउँछन् ।