राष्ट्रिय

७ सय ५३ स्थानीय तहमा संसद विघटनको ‘असंवैधानिक कदम’ विरुद्ध नेपाली काँग्रेसले भोली प्रदर्शन गर्ने

0Shares

काठमाडौँ,माघ २: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको ‘असंवैधानिक कदम’विरुद्ध माघ ३ को प्रदर्शनमा सहभागी बन्न अपिल गरेका छन् प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध  काँग्रेस देशव्यापी प्रदर्शन गरिरहेको छ ।पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको नेपाली काँग्रेसले शनिबार ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै छ ।

 ‘पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गर्दछु,’ शुक्रबार देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।संसद विघटनको कार्यलाई नेपाली काँग्रेसले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ ।

0Shares