राष्ट्रिय

सतुंगलबाट साढे आठ लाख सर्जिकल मास्क बरामद, २ जना पक्राउ

0Shares

काठमाडौँ । सतुंगलबाट करिब साढे आठ लाख सर्जिकल मास्क बरामद गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय र प्रहरीको संयुक्त टोलीले चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवी गोदाममा १ सय २० वटा कार्टुनमा राखिएको मास्क प्रहरीले बरामद गरेको हो ।

बजारमा सर्जिकल मास्कको अभाव देखिएको बेला एकै ठाउँबाट झण्डै एक करोड मुल्य बराबरको मास्क फेला परेको हो ।

प्रहरीले मास्कका कारोबारी सुरज गोयल र अर्का एक भारतीय नागरिक सुवास महेश्वरीलाई पक्राउ गरेको छ ।

हिजो पनि प्रहरीले सोही क्षेत्रबाट १ लाख ४० थान मास्क बरामद गरेको थियो ।

यसअघि प्रहरीले राजधानीको डल्लुबाट ७८ हजार र कपनबाट १ लाख ६८ हजार थान मास्क बरामद गरेको थियो

Source:Imagekhabar.com

0Shares