खेलकुद

सन्दिप लामिछानेलाई बेलायतको क्रिकेट बोर्डले तत्काल देश छोड्न निर्देशन

0Shares

काठमाडौ,साउन ६: नेपालका क्रिकेट खेलाडी सन्दिप लामिछानेलाई बेलायतको क्रिकेट बोर्डले तत्काल देश छोड्न निर्देशन दिएको छ । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिसालाई अवैध भन्दै चाँडोभन्दा चाँडो बेलायत छोड्न निर्दैशन दिएको हो । थुप्रै देशका क्रिकेट लिगहरुमा भाग लिइसकेका सन्दिप ‘द हन्ड्रेड’ प्रतियोगिता खेल्न बेलायत गएका थिए ।
यो प्रतियोगिता अब आफूले गुमाएको सन्दिपले फेसबुकमार्फत जानकार दिएका छन् । सन्दिपले आफ्नो भिसा के कारणले अवैध भयो भन्ने जवाफ मागेका छन् । थुप्रै देशका क्रिकेट लिगहरुमा भाग लिइसकेका सन्दिप ‘द हन्ड्रेड’ प्रतियोगिता खेल्न बेलायत गएका थिए ।यो प्रतियोगिता अब आफूले गुमाएको सन्दिपले फेसबुकमार्फत जानकारी दिएका छन् । उनी टायर ५ भिसामा बेलायत गएका थिए । यो भिसाबाट उनलाई खेल्न अनुमति नदिइएको क्रिकइन्फो डट कमले जनाएको छ ।

0Shares