राष्ट्रिय

सन्धिर्खकको शान्ती बगैचा पोखरीमा डुबेर बालिकाहरुको डुबेर मृत्‍यु हुनुमा अभिभावक र नगरपालिकाको चरम लापरर्वाही

0Shares

  अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिर्खक स्थित शान्ती बगैचामा रहेको शिव मुर्ति रहेको पोखरीमा ४ र ५ वर्ष उमेरका बालिकाहरुको डुबेर निधन भएको छ ।
साना बालिकाको निधनले सन्धिखर्क शोकमा छ । सामाजिक सन्जालमा बालिकाहरुको निधन खबरले छाएको छ । शान्ति बगैचामा रहेकाे पाेखरीमा डुवेर मालारानी गाउँपालिका वार्ड नम्वर ७ हंसपुरकी ५ वर्षिया क्रिस्टना महत र प्युठान जिल्लाको नाैबहिनी गाउँपालिका वार्ड नम्वर ५ डाम्रिकी ४ वर्षिया वर्षा थापामगरकाे मृत्यु भएकाे हो । वर्षा सन्धिखर्कमा बस्दै आएकी थिईन् । 
सोमबार अपरान्ह मृतक बालिका थापा आफ्नो सानिमाको घर सन्धिखर्क बजारमा आएको बेला अर्की मृतक महतकी आमासँगै दुई छोरीलाई घुमाउन लैजाने क्रममा खेल्दै जाँदा एक्कासी पोखरीमा डुबेर मृत्यु भएको बताईएको छ । उनिहरु दुवै जना नै पानीमा कसरी डुब्न पुगे त्यो अहिले सम्म खुल्न सकेको छैन् ।
सन्धिखर्कको मुटुमा रहेको शान्ती बगैंचालाई आधुनिकीकरण तथा व्यवस्थापन अभियानका लागि आधा करोड खर्चेर निर्माण गरिएपनि नाममा मात्र सिमित भएको छ ।  
शान्ती बगैचा आधुनिकिकरण तथा व्यवस्थापनका नाममा बनाइएको शिव मुर्ति रहेको पोखरीमा २ अबोध बालिकाको ज्यान जाँदा चौतर्फी सन्धिखर्क नगरपालिकाको आलोचना भएको छ । २ अबोध बालिकाको ज्यान जानुमा सन्धिखर्क नगरपालिका र निर्माण ठेक्दार, शान्ति बगैचा निर्माण समितिको चरम लापरर्वाही भएको हो । यस पोखरी बनाउदा नगरपालिकाले अपरिपक्क ढंगबाट गहिरो र राम्रोसँग बार नलगाएको देखिन्छ । सामान्यतया गहिरो पोखरीमा १ मिटरसम्मको बार लगाउन पर्ने हुन्छ। पानी-छहरा रहेको पोखरीमा तुलानात्मक तवरले कम गहिरो बनाउदा पनि हुन्छ ।   यहाँ खेल्न आउने र हेर्न आउने बालबालिका जतिबेलामा झुक्किएर खस्ने संभावना रहन्छन् । सन्धिखर्क नगरपालिका र निर्माण ठेक्दारको चरम लापरर्वाहीले गर्दा लगानी अनुसार यो बगैचा बन्न सकेको छैन् । बजेट अनुसार ५०% पनि राम्रो काम नभएको स्थानियबासी बताउन्छन् । यस्तो चरम लापरर्वाही हुँदा पनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन् ।  यहाँ अहिलेसम्म सचेतना, सुचना मुलक बोर्ड जानकारी राखिएको छैन् । 
शान्ती बगैचाको यस पोखरीमा यसभन्दा अगाडि कार्तिक महिनामा खस्न लागेका एक बालकको उद्दार गरिएको थियो । यहाँ जुनसुकै बेला यस प्रकारको घटना हुनसक्ने थियो तर आज २ जना बालिका एकै पटक परे, सन्धिखर्ककी कमला खनालले भनिन् ।  
अर्को तर्फ अभिभावकको चरम लापरबाहीका कारणले यो घटना घटेको हो भन्ने सहज अनुमान गर्न सकिन्छ । बालिकालाई घुमाउन ल्याएकी महतकी आमाले बच्चालाई पोखरीको नजिक खेल्न छोडेर आफु मोबाईलमा भुलेर, घ्यान नदिएको स्थानियबासीको भनाई छ । बच्चाहरुलाई अभिभावकहरुले घर वा घरबाहिर सडक, पार्कमा सधैं ध्यान दिनुपर्छ ।
उता शान्ती बगैंचालाई आधुनिकीकरण तथा व्यवस्थापन अभियानका लागि आधा करोड खर्चेर निर्माण गरिएको भनेतापनि फोहोर, प्रदूषण हुनुका साथै शौचालय, ढल फुटेर दुर्गन्धित भएको छ । बगैंचा दुर्गन्धित हुँदा मानिसहरु नाक छोपेर हिंड्न वाध्य भएका छन् ।  
पानीको फोहरा, गणेश  मन्दिर, बालयुवा तथा वृद्धवृद्धामैत्री पूर्वाधार विकास गर्ने, हरितमार्ग, बालबालिकाको मनोरञ्जनका लागी पिङ्ग, झुला बनाउने, वरीपरी तारजाली लगाएर सुरक्षित गर्ने गरी तथा  फुलबारी, वाल उद्यान, बस्ने तथा बसेर आनन्द लिने स्थानको रुपमा विकास गर्नका लागि सन्धिखर्क नगरपालिकाले गत वर्ष ३५ लाख रकम विनियोजन गरेर काम गरेको थियो । रकम अभावले सोचे अनुसारको काम नहुने भएपछि यस बर्षको लागि १० लाख रकम विनियोजन गरेको थियो । बगैचामा लगाउनका लागि भैरहवावाट अशोका, क्रिसमस ट्रि, धुपी सल्लालगायतका बिरुवाहरु ल्याएर लगाइएको छ । 

Source: Arghakhanchi.com

0Shares