राष्ट्रिय

सभापतिमा देउवाजी लाई मैले बाहेक अरु कसैले हराउन सक्दैन

0Shares

काठमाडौ,फागुन ५: नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले लमहीको हसनापुरमा मंगलबार आयोजित अगुवा नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आउँदो महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन भएमात्र पार्टी र मुलुकले निकास पाउने बताए । ओली सरकारले आगामी मंसिरभन्दा अगाडि चुनाव गराउन नसक्ने भन्दै उनले तत्काल काँग्रेसले महाधिवेशनको तयारीमा आफूलाई केन्द्रित गर्नुपर्नेमा जोड दिए । महाधिवेशन भएमा नेता, कार्यकर्तामा जाँगर थपिने उनको भनाइ थियो । उनले १४ औं महाधिवेशनमा आफूले सभापति पदमा दावेदारी दिने प्रस्ट पार्दै सभापति पदका लागि आफ्नो इच्छाभन्दा पनि बाध्यता रहेको बताए ।

आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवालाई आफूलेमात्र पराजित गर्न सक्ने दावी गरेका छन् । सभापतिमा देउवाजी लाई मैले बाहेक अरु कसैले हराउन सक्दैन, आउने अधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन गरेर चुनाबमा गए पार्टीले जित्छ, नेतृत्व परिवर्तनका लागि तलदेखि पार्टीका नेता, कार्यकर्ताले दबाब दिनुहोस्, माथि मैले पहल गर्छु ।’शेरबहादुरजीलाई डाइरेक्ट अट्याक गर्न म चाहन्नँ तर साँच्चै भन्ने हो भने शेरबहादुरजीले पार्टी चलाउन सक्नुभएन,’ उनले भने, ‘उहाँले विभागहरु गठन गर्नुभयो ४ वर्षपछि, जबकि महाधिवेशनको मिति घोषणा गरेपछि उहाँलाई विभाग गठनको कुनै अधिकार छैन ।’

0Shares