Uncategorized

सभापति चुनाव लड्न सम्पर्क कार्यालय सुरु गरेकी छु:सुजाता कोइराला

0Shares

काठमाडौ,फागुन १६: कांग्रेस नेतृ सुजाता कोइरालाले १४औं महाधिवेशनका लागि केन्द्रीय सभापतिमा उमेदवारी घोषणा गरेकी छन् । नेतृ कोइरालाले केही दिनमै सचिवालयसहित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्ने तयारीसमेत गरेकी छन् । अनामनगरस्थित हनुमानस्थाननजिक सम्पर्क कार्यालय बनाएकी नेतृ कोइरालाले अब देशभरका नेता कार्यकर्तासँग भेटघाट गर्ने र केही दिनमा देश दौडाहामा निस्कने तयारी गरेकी छन् । तीन वर्षअघि क्यान्सर भएका कारण अप्रेसन गरेर ठीक भएपछि जीपी फाउन्डेसनमार्फत देशभर सामाजिक अभियानमा सक्रिय भएर देशभरका कार्यकर्तालाई खटाएकी थिइन् । अहिले उनी स्वस्थ भएको भन्दै अब कांग्रेसलाई पुरानै अवस्थामा फर्काउने योजनासहित सभापतिमा उमेदवारी घोषणा गरेकी हुन् ।

“१४औं महाधिवेशनका लागि सभापति चुनाव लड्न सम्पर्क कार्यालय सुरु गरेकी छु, अब सचिवालयले यही सम्पर्क कार्यालयबाट काम सुरु गर्नेछ,” कोइरालाले भनिन्, “अब सचिवालयले देशभरका साथीहरूलाई सम्पर्क गर्न थाल्छ । म केही दिनमै देश दौडाहामा निस्कनेछु ।” उनले जिल्ला-जिल्लामा पुगेर त्यहाँको नेतृत्व र कार्यकर्तासँग भेट्ने भन्दै १४औं महाधिवेशनमा आफू सभापति निर्वाचितन हुने दाबी गरिन् ।“गिरिजाबाबुले छाडेपछि कांग्रेस संगठनविहीन जस्तै बनेको छ, नेताका घरमा हेरियो भने ठूलो संगठन छ, जिल्ला र स्थानीय स्तरमा हेर्‍यो भने संगठनविहीनता छ,” कोइरालले भनिन्, “संगठन भनेको जहाँ चाहिने हो त्यहाँ हुनुपर्छ । नेताको वरिपरि घुम्ने कार्यकर्ताबाट संगठन जोगिन सक्दैन ।” नेताहरूले संगठन गर्न पैसा चाहिने भनेको विषयप्रति कोइरालाको विमति छ । उनले थपिन्, “मैले जीपी फाउन्डेसनका त्यति धेरै कार्यक्रम गरे त्यो सबै जहाँ कार्यक्रम भए त्यहीका साथीहरूले म्यानेज गर्नुभएको हो । नेताले संयोजन मात्र गरिदिने र कार्यकर्ताबीच विभेद मात्र नगरिदिने हो भने जिल्ला र स्थानीय तहमा संगठन कार्यकर्ताले गर्छन् । नेतृत्वविकास पनि त्यहीबाट हुन्छ ।” उनले आफूले कांग्रेस हाँकेपछि फाउन्डेसनमा जस्तै स्थानीय तहमै नेतृत्व विकास गरेर संगठन निर्माण गर्ने बताइन् ।उनले आफूले कांग्रेसमा अघि बढ्न आफूले सघाएकाहरूले आफ्नो सालिनतालाई कमजोरीका रुपमा अर्थ्याउन खोजेको भन्दै त्यस्ता नेताहरूलाई आफ्नो प्यानलमा वा प्रतिस्पर्धामा आउन चुनौती दिएकी छन् ।

0Shares