राष्ट्रिय

जनता समाजवादी पार्टीको प्रदर्शन

0Shares

काठमाडौँ,माघ २३: ओली सरकारको असंवैधानिक कदमविरुद्ध जनता समाजवादी पार्टी (जसपा) ले शुक्रबार रुपन्देहीमा बृहत प्रदर्शन गरेको छ ।ओली सरकार विरुद्ध चर्को नाराबाजी गर्दै असंबैधानिक कदम खारेजको माग गर्दै जसपाले बिरोध प्रदर्शन गरेको हो ।संसद विघटन गरेसँगै ओली विरुद्ध देशभर प्रदर्शन सुरु भएको छ । बिरोध कार्यक्रको अध्यक्षता अध्यक्ष द्वय राम अवतार यादव र अजय बर्मन ले गर्नु भएको थियो भने उक्त्त कार्यक्रमको संचालन जिल्ला सचिव शोम्नाथ शर्माले गर्नु भएको थियो। उक्त्त कार्यक्रममा केन्द्रिय सदस्य किस्मत बि क, देवेन्द्र पाण्डे सागर, निलम कुमारी यादव, राजेन्द्र गुप्ता, माननीय सन्तोष पान्देय्रा माननीय कल्पना पाण्डेले मन्तव्य राख्नु भएको थियो। कार्यक्रम लाइ सम्बोधन गर्दै माननीय कल्पना पाण्डेले भन्नुभयो ओली सरकारले गरेको असम्बैधानिक कदम नसच्याए देशभर प्रदर्शन गर्ने कार्यक्रम आफ्नो पार्टीको रहेको र संविधानले प्रदान नगरेको अधिकार प्रयोग गरि संसद बिघटन तथा संबैधानिक निकायमा पधाधिकारी नियुक्ति गरि शपथ गरायाकोमा राष्ट्रिय समाजबादी पार्टीको घोर आपत्ति प्रकट गर्दछ ।

0Shares