राष्ट्रिय

सरकारले देशलाई निर्वाचनको भुमरीमा

0Shares

काठमाडौं,माघ १ कोरोनाबाट त्रसित जनता खोपको अपेक्षा गरिरहेका बेला सरकारले देशलाई निर्वाचनको भुमरीमा हालिदिएको छ। सरकारले आउँदो वैशाख १७ र २७ गते निर्वाचनको मिति तोकिसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले निर्वाचनको मिति तय भएर तयारी सुरु गरिएको हो।सरकारले निर्वाचन आयोगलाई निर्वाचनको तयारी गर्न निर्देशन दिइसकेको छ। यसअघि तीनै तहको निर्वाचन सम्पन्न हुँदा २० अर्ब रुपैयाँ सकिएको थियो। अहिले घोषणा भएको निर्वाचन सम्पन्न गर्न करिब १० अर्ब लाग्ने अनुमान गरिएको छ। मुलुक अहिले पनि कोभिड महामारीको चपेटामा छ। मुलुकलाई निर्वाचनभन्दा कोरोना खोपको जरुरी छ। निर्वाचन गर्न राज्यको सम्पूर्ण बजेटको स्रोत खर्च हुने भएको छ। यहीँ समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार राष्ट्रिय दैनिक पत्रिकामा कोभिड खोपका लागि खोप कोषमा योगदान गर्न आह्वान गरेको छ।

अहिलेको मुल आवश्यकता खोपभन्दा निर्वाचन रहेको भन्दै सरकारको चौतर्फी आलोचना हुन थालेको छ। खोप खरिद गर्न सरकारले बजेट छुट्याउनेदेखि खरिद गर्न तयार रहेका जस्ता कुराहरु सार्वजनिक हुन थालिसकेको छ। महामारीमा राष्ट्रको पहिलो आवश्यकता नागरिकको स्वास्थ्यको सुरक्षा हो। तर, अहिले सरकारले निर्वाचनलाई मुख्य प्राथमिकता दिएको छ।

0Shares