राष्ट्रिय

सरकार र प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहबीच वार्ता शुरु

0Shares

काठमाडौ,फागुन १९: अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरकार र प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहबीच वार्ता शुरु भएको छ।सरकारले मंगलबारमात्रै वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा वार्ता टोली बनाएको थियो । सरकारले विप्लव समूहसँग वार्ता गर्न मंगलबार गृहमन्त्री थापाको नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईसमेत रहने गरी दुई सदस्सीय वार्ता समिति बनाएको हो ।

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा दुई सदस्सीय वार्ता समिति बनाएको हो । प्रकाण्डसँगै वार्ता समितिमा उदय चलाउने ‘दीपक’ सदस्य रहेका छन् ।दुवै जना मंगलबार नै काठमाडौं आइसकेका थिए ।विप्लव समूहले पक्राउ परेका आफ्ना नेता कार्यकर्ता रिहा गर्नु पर्ने, प्रतिबन्ध फुकुवा गर्नु पर्ने, आफूहरूमाथि लगाइएको मुद्दा खारेज गरिनु पर्ने लगायतका माग राख्दै आइरहेको छ ।पछिल्लो समय सरकार र विप्लव नेतृत्वको समूहबीच अनौपचारिक छलफल हुँदै आइरहेको थियो । विप्लवले समेत आफूहरु वार्तामार्फत समस्या समाधान गर्न तयार रहेको भन्दै केही दिनअघि विज्ञप्ति जारी गरेका थिए ।सरकारले वार्ताका लागि समिति बनाएसँगै विप्लव समूहले समेत वार्ता समिति बनाउने तयारी गरेको बुझिएको छ ।सरकारले अहिलेसम्म विप्लव नेतृत्वको नेकपाको प्रतिवन्ध भने हटाएको छैन । केपी शर्मा ओली नेतृत्वको सरकारले नै विप्लवको पार्टीलाई प्रतिबन्ध लगाएको थियो ।

0Shares