राष्ट्रिय

सर्वोच्च अदालतको फैसला संविधान र व्यवस्थाको पक्षमा:कमल पौडेल

0Shares

काठमाडौ,फागुन ११: नेपाली कांग्रेसका युबा नेता तथा छ्त्रदेब गाउँपालिकाका वडा न ६ का वडा अध्यक्ष कमल पौडेले ग्याप्स मिडीया सग्ग कुरा गर्दै भन्नुभयो संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला संविधान र व्यवस्थाको पक्षमा भएको जनाए ।जनताको सर्वोच्च निकाय प्रतिनिधि सभा विघटन गर्ने ओली सरकारको असंवैधानिक कदमलाई सम्मानित अदालतबाट गरिएको बदरले पक्कै पनि सकरात्मक सन्देश दिएको छ । अनेकौं आशंकाका बिच संवैधानिक इजलासमा भएको करिब २ महिना लामो छलफलले प्रतिनिधि सभा पुनः स्थापना गर्ने निर्णयले स्वतन्त्र न्यापालिकाको गरिमालाई थप उँचो बनाएको छ भने न्यायालयको चारकिल्ला भित्र रहेका न्यायमुर्तिहरू कसैको हुकुमी आदेशको भरमा नभई विधिको विधान अनुसार चल्नुपर्दछ र चल्दछन भन्ने कुराको समेत प्रमाण पेश गरेको छ । जनताको नासो जनतालाई नै सुम्पि प्रतिनिधि सभा पुनः स्थापना गरि संविधान र लोकतन्त्रको पक्षमा जित भएको यस ऐतिहासिक निर्णयको अवसरमा समस्त नेपाली दाजुभाई/दिदीबहिनीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै यस जितका निम्ति विभिन्न माध्यमबाट संघर्ष गर्नुहुने तमाम लोकतन्त्रप्रेमी नागरिकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन ।

0Shares