राष्ट्रिय

सवै युवाहरुले पुरानो दलको लुतो फालौं: भिम उपाध्याय

0Shares

काठमाडौ,साउन १: पूर्व सचिव भिम उपाध्यायले सवै राजनीतिक दलसम्वद्ध युवाहरुले पुरानो राजनीतिक दलको लुतो फाल्नुपर्नेमा जोड दिनुभएको छ ।हिन्दुहरुको पवित्र दिन साउने सक्रान्तीको अवसरमा फेसवुकमा स्टाटस लेख्दै उपाध्यायले लुतो फाल्ने दिनको अवसरमा सवै युवाहरुलाई पुरानो राजनीतिक दल त्याग्न (लुतो फाल्न) अपिल गर्नुभएको हो । पुरानो राजनीतिक दलको लुतो फाल्न नसके आगामी दिन अपराधीले आगामी दिन अपराधी जस्तै भएर गुजार्नुपर्ने बताउनुभएको हो ।
आपराधिक राजनीति नेपालको लागि सवैभन्दा खतरमनाक लुतो भएको भन्दै उपाध्यायले यसले तीन पुस्तासम्म रुवाइरहने दावी समेत गर्नुभएको छ ।’आज श्रावण १ गते लुतो फाल्ने दिन हो। राजनीतिक दलहरूका युवाहरूले आआफ्ना दलको पूरानो लुतो फालिहाल्नुस्। नभए यो जीवन अपराधी जस्तो भएरै गुजार्नु पर्नेछ’। आपराधिक राजनीति नेपालको सबैभन्दा खतरनाक लुतो हो। यसले ३ पुस्तासम्म रूवाईरहनेछ। साउने सक्रान्तिको शुभकामना

0Shares