राष्ट्रिय

सहमति धेरै टाढा छैन:प्रचण्ड

0Shares

काठमाडौ,चैत ६: पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा दाबी नरहेको बताएका छन्।आफू र आफ्नो पार्टीले प्रधानमन्त्री पदमा दाबी नगरेको उनले बताए।‘अबको प्रधानमन्त्री को बन्छ भन्ने राजनीतिक सहमतिबाट हुन्छ, जुन अहिले दलबीच छलफल चलिरहेको छ,’ बिहीबार सिन्धुलीमा अध्यक्ष प्रचण्डले पत्रकारहरूसँग भने, ‘सहमति धेरै टाढा छैन।’लोकतन्त्र, समावेसी, समानुपातिक र संविधानविरुद्धका चलखेल अझै पनि नरोकिएको उनले बताए।प्रधानमन्त्रीको कार्यशैलीप्रति असुन्तुष्टि जनाउँदै दाहालले सत्य, न्याय र विधिको सधै जीत हुने बताए। अझै पनि कम्युनिष्टको बृहत्तर एकता हुनुपर्दछ भन्दै उनले सबै इमान्दार कम्युनिष्ट एकताका पक्षमा उभिनुपर्ने बताए।

0Shares