राष्ट्रिय

सांसदहरूको पीसीआर परीक्षण हुदै

0Shares

काठमाडौ,वैशाख २२ : वैशाख २७ गतेका लागि राष्ट्रपतिले संसद अधिवेशन आह्वान गरेपछि प्रतिनिधिसभाका सांसदहरूको पीसीआर परीक्षण आज हुदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन चाहेपछि संसद अधिवेशन २७ गतेका लागि बोलाइएको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा आज बिहान १० बजे देखि अपराह्न ५ बजेसम्म पीसीआर परीक्षण हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

सभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधिभा र राष्ट्रिय सभाका सम्पूर्ण सदस्य, महासचिव, सचिव, कार्यव्यवस्था परामर्श शाखा र सांसद व्यवस्थापन शाखासहित संसद् सचिवालयका सम्पूर्ण कर्मचारीको पिसिआर परीक्षण गर्न लागिएको हो । यस्तै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामिलासँग आवद्ध पत्रकार, स्वकीय सचिवालयका कर्मचारी, ट्राफिक, बम डिस्पोज र जाँच गर्ने सुरक्षाकर्मी र अन्य सम्बन्धित व्यक्तिको कोभिड–१९ को पीसीआर परीक्षण पनि गर्ने तयारी भइरहेको सचिवालयले जनाएको छ ।

0Shares