पुंजीबजार

सानिमा माइ हाइड्रोपावरको नाफा बढ्यो

0Shares

काठमाडौ,वैशाख २८ : सानिमा माइ हाइड्रोपावर (SHPC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ३१ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा ३४ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन ९.१० प्रतिशतले धेरै हो । कम्पनीको विद्युत विक्रीबाट हुने आम्दानी बढ्दा र वित्तीय खर्चमा नियन्त्रण गर्दा खुद नाफा बढेको हो । यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ६६ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको छ ।

गत वर्षको यसै अवधिमा ५४ करोड ५ लाख रुपैयाँ थियो। यस अवधिमा कम्पनीको वित्तीय आम्दानी पनि बढेको छ । गत वर्ष १८ करोड रुपैयाँ रहेको वित्तीय खर्च २२ प्रतिशतले घटेर १४ करोडा झरेको छ भने प्रशासनिक खर्च सामान्य बढेर १३ करोड पुगेको छ । हाल २ अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले पूँजी बढाए अनुसार नाफा बढाउन नसक्दा प्रतिशेयर आम्दानीमा सामान्य गिरावट देखिएको छ । प्रतिशेयर आम्दानी १६ रुपैयाँ २९ पैसाबाट घटेर १६ रुपैयाँ १५ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ८५ पैसा र मूल्य आम्दानी अनुपात २३.१५ गुणा छ ।

0Shares