पुंजीबजार

सानिमा लार्ज क्यापिटल फण्डमा आवेदन दिने आज अन्तिम दिन

0Shares

काठमाण्डौ, माघ १५ : सानिमा बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी सानिमा क्यापिटलले माघ ९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष सानिमा लार्ज क्याप फण्डको शेयरका लागि आवेदन दिने आज (माघ १५ गते) अन्तिम दिन हो।



क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई शेयर बिक्रीमा ल्याएको हो। फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक सानिमा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।



क्यापिटलले बिक्रीमा ल्याएको उक्त इकाइ खरिद गर्ने इकाइधनीहरुलाई आगामी वर्षबाटै १० प्रतिशत लाभांश दिने क्यापिटलको योजना छ। ‘आगामी ६ महिना त लाभांश दिन सकिंदैन होला त्यसपश्चात इकाइधनीहरुलाई हामी लाभांश दिन्छौ।’ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले भने।



यस फण्डले आगामी वर्षदेखि ५ वर्षमा इकाइधनीलाई ७० प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेको छ। फण्डका इकाइधनीलाई दोस्रो वर्ष १० प्रतिशत तेस्रो वर्ष १२ प्रतिशत, चौथो वर्ष १४ प्रतिशत, पाँचौ वर्ष १६ प्रतिशत र छैठौं वर्ष १८ प्रतिशत लाभांश वितरण गर्ने योजना क्यापिटलको रहेको छ।



यस फण्डले शेयर बजारका टप ६० कम्पनीमा लगानी गर्ने योजना बनाएको छ। ‘हामीले टप ६० कम्पनीमा लगानी गर्ने योजना बनाएका छौ। त्यसैले यसको नाम पनि लार्ज क्याप फण्ड राखिएको हो।’ सिइओ चालिसेले मेरोलगानीसँग भने। ‘बजारमा सञ्चालनमा रहेका अरु बन्दमुखी योजना भन्दा हाम्रो फरक पाटो भनेको यही हो।



0Shares