राष्ट्रिय

सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ: केपी शर्मा ओली

0Shares

काठमाडौ,चैत १७: प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता साउन १ गतेदेखि लागू हुने गरी वृद्धि गरिने बताएका छन्।ओलीले भने, ‘कसैलाई आपत्ति लाग्ला। साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ।’‘साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता अझ बढ्छ ।,’ रिपोर्टस् क्लव नेपालको वार्षिकोत्सवमा मंगलबार बोल्दै प्रधानमन्त्री हेर्न थालेकोमा मानिसहरूलाई छटपटी लागेको उनले बताए। ‘
सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ । यो सुन्दा मान्छेहरूलाई अर्को छटपटी सुरू होला । कसैलाई आपत्ति लाग्छ भने लागोस् । कसैलाई निद्रा लाग्दैन भने नलागोस्,’ उनले भने।उनले नेपालले आफ्नै रेल किनेर सञ्चालन गर्न लागेको पनि बताएका छन्। ‘रेल किनेर ल्याइसकेको छ। सञ्चालन छिट्टै हुन्छ,’ उनले भने।हुलाकी राजमार्गलगायतका राजमार्ग निर्माणका काम भइरहेको उनले बताए। उनले सडक सबै ठाउँमा पुर्‍याइँने भन्दै हुम्लामा पनि छिट्टै सडक पुग्ने बताए। सरकारले एकैपटक ३०९ अस्पताल शिलान्यास गरेको पनि उनले बताए। २१० सडक एकैपटक शिलान्यास गरेको पनि प्रधानमन्त्री ओलीको भनाइ छ।पाँच हजार विद्यालयलाई पूर्वाधार विकासका लागि बजेट वितरण गरिने उनको भनाइ थियो। पाँच अर्बभन्दा बढी रकम शिक्षामा छिट्टै लगानी गरिने उनले बताए।

0Shares