पुंजीबजार

सारथी नेपाल लघुवित्त संस्थापक शेयर बैशाख १७ गते देखि लिलामीमा

0Shares

काठमाडौ,वैशाख १२ : सारथी नेपाल लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बैशाख १७ गते देखि लिलामीमा विक्री गर्ने भएको छ। कम्पनीले ४ हजार १५८ दशमलव ५० कित्ताा संस्थापक शेयर लिलामीमा विक्री गर्न लागेको हो। विद्यमान संस्थापकहरुले उक्त शेयर बैशाख २४ गते सम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

शेयरको न्यूनत मूल्य रू. १०० तोकिएको हुदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ। बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथिका लागि १० ले भाग जाने गरी अधिकतमा सम्पूर्ण कित्ताका लागि दिन सक्ने कम्पनीले जानकारी दिएको छ। कम्पनीको शेयर विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

0Shares