पुंजीबजार

सिइबिडि हाइड्रोपावर को आईपियो आउदै

0Shares

काठमाडौ,वैशाख ८: सिइबिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले यही वैशाख १७ गतेदेखि आइपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले कुल जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्काशन गर्नेछ।

निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ। सर्वसाधारणले बाँकी २३ लाख ४१ हजार ९५४ कित्ताका लागि आवेदन दिन सक्नेछन्।शेयरमा वैशाख २१ गतेसम्म आवेदन दिन सकिनेछ ।

0Shares