राष्ट्रिय

सिके राउत नेतृत्वको जनमत पार्टीको पहिलो महाधिवेशन हुदै

0Shares

काठमाडौ,चैत २८: सिके राउत नेतृत्वको जनमत पार्टीको पहिलो महाधिवेशन हुने भएको छ । शनिबारदेखि जनकपुरको बाह्रबिघामा जनमत पार्टीको पहिलो अधिवेशन सुरू हुँदैछ ।जनमत पार्टीका नेता चन्दन सिंहका अनुसार उक्त अधिवेशनमा ५ हजार प्रतिनिधि र २५ हजार स्वयंसेवकको सहभागिता रहनेछ ।
महाधिवेशनको सम्पूर्ण तयारी भइसकेको नेता सिंहले जानकारी दिएका छन् । यो अधिवेशन एक दिनको मात्रै हुने पार्टीले जानकारी दिएको छ ।सिके राउत प्रमुख अतिथि रहने कार्यक्रममा अतिथिका रुपमा सहिद परिवार, जेलनेल भोगेका तथा घाइते, आन्दोलनका क्रममा मुद्दा खेपेकाहरुलाई बनाउने तयारी रहेको छ ।

0Shares