बैंक तथा वित्तिय

सिटिजन्स बैंकका चारवटा शाखा बन्द

0Shares

काठमाडौ,वैशाख १४ : कोरोना महामारीको कारण सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशका ४ वटा शाखा आज बाट बन्द गर्ने निर्णय गरेको छ। बैंकले आफ्नो वेभसाइटमा सूचना प्रकाशित गरी लुम्बिनी प्रदेशको नेपालगन्ज, बढैयाताल, कोहलपुर र कान्छीबजारस्थित रहेका शाखाहरु बन्द गर्ने निर्णय गरेको उल्लेख गरेको छ । विश्वव्यापी फैलिरहेको कोरोनाभाइरसले उत्पन्न असहज परिस्थितिका कारण बैंकले ती शाखाहरु बन्द गर्ने निर्णय गरेको जनाएको छ । बैंकले डिजिटल बैंकिङको प्रयोग गर्न आगह गरेको छ ।

0Shares