बैंक तथा वित्तिय

सिटिजन्स बैंकको खुद नाफा बढ्यो

0Shares

काठमाडौ,वैशाख ७ : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा खुद नाफा बढेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.६१ प्रतिशत बढी हो।बैंकको वितरणयोग्य मुनाफा २२७.५८ प्रतिशत बढेर १ अर्ब ३४ करोड ६२ लाख रुपैयाँ पुगेको छ। बैंकको खुद ब्याज आम्दानी १३.१९ प्रतिशत बढेको छ भने खुद फि कमिशत तथा डिस्काउण्ट आय ३७.२१ प्रतिशत बढेको छ। खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ। बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ८५ पैसा बढेर २० रुपैयाँ ७२ पैसा पुगेको छ। बैंकको नेटवर्थ १ रुपैयाँ १० पैसा बढेर १४६ रुपैयाँ ८७ पैसा पुगेको छ।

तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई एक्वायर गरी गत चैत १४ गतेदेखि एकिकृत कारोबार शुरु गरेको यस बैंकको चुक्ता पूँजी चैत मसान्तसम्ममा ११ अर्ब ६६ करोड २० लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको अन्त्यको तुलनामा यो २८.५८ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको जगेडा कोष समीक्षा अवधिमा २६.३० प्रतिशत बढेर ५ अर्ब ४६ करोड ६० लाख रुपैयाँ पुगेको छ। यस्तै बैंकले निक्षेप ४३.६८ प्रतिशत बढाएर कर्जा लगानी ३७.९२ प्रतिशत बढाउन सफल यस बैंकको निष्क्रिय कर्जा पनि केही बढेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ०.९७ प्रतिशत रहेको बैंकको यस्तो कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर १.८३ प्रतिशत पुगेको छ।

0Shares