राष्ट्रिय

सिद्धार्थ राजमार्ग दैनिक चार घण्टा बन्द

0Shares

मङ्सिर १५ पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत बर्तुङ–बुटवल सडकखण्ड कालोपत्र गर्न आइतबारदेखि दैनिक चार घण्टा यातायात बन्द गरिएको छ ।बिहीबारसम्म बिहान साढे १० बजेबाट दिउँसो साढे १२ बजे र दिउँसो २ बाट अपराह्न ४ बजेसम्म सडक बन्द रहने सडक डिभिजनले जनाएको छ । राजमार्गअन्तर्गत झुम्सा–दोभान सडक खण्डमा कालोपत्र गर्न लागिएको हो ।

सडक डिभिजनका अनुसार यस खण्डमा नयाँ प्रविधिको कालोपत्र गर्न लागिएको छ। यस प्रबिधि अनुसार कालोपत्रे गर्दा ‘निर्माण स्थलमै तताएर राखिने भएकाले तापक्रम कम नहुने हुदा बाटोको स्तरमा कमि न हुने बिस्वास गरिन्छा। यसकालागी अघिल्लो आर्थिक वर्षमै ठेक्का गरिएको थियो । कोभिड–१९ को कारण देखाएर कामका लागि म्याद थप भएको छ । झन्डै ५ करोड लागतमा ३ हजार ६ सय मिटर कालोपत्रका लागि ठेक्का भएको हो । राजमार्गको झुम्सापुलदेखि दोभानसम्मको १ हजार ५ सय मिटर पहिलो चरणमा कालोपत्र हुनेछ । झुम्सादेखि बुटवल सडक खण्डमा चुनढुंगा ढुवानी गर्ने दैनिक ८ सयभन्दा बढी ट्रिपर सञ्चालन हुन्छन् । यस खण्डमा हरेक वर्ष टेन्डर भए पनि आठ वर्षदेखि मर्मतसमेत नभएको स्थानीयको गुनासो छ ।

0Shares