राष्ट्रिय

सिमलपानीको भाडगाउँ अझै पनि मोबाइल सेवाबाट वन्चित

0Shares

 अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १४ सिमलपानीका केहि जनता २१औ शताब्दिमा संचार जगतले निकै फड्को मारे पनि अझै पनि पछि परेका छन ।
नेपाल टेलिकम अर्घाखाँची शाखाले जिल्लाभर फोर जि सेवा विस्तार गर्न लागे पनि शितगङगा नगरपालिका वडा नम्बर १३ भाडगाउँ सिमलपानीका करिव ४० घरधुरिका मानिस अहिले पनि मोवाइल सेवाबाट पछि परेका हुन । आफन्त, साथिभाइलाई काम विशेषले फोन गर्नु पर्यो भने आफ्नो गाउँदेखी टाढा जान पर्छ स्थानीय राम बहादुर बिसिले भने, हामी कहिलेसम्म यो सास्ती खेपिरहने ?
टेलिकमको कार्यालयमा पटक पटक निवेदन पेश गर्दा पनि हाम्रो सुनुवाइ भएन, उनले गुनासो गरे । यस ठाउँमा चुनाव ताका स्थानिय जनप्रतिनिधी देखी संघीय साम्सद भोट माग्न आउँदा धेरै आश्वासन दिएपनी चुनाव जितेर गएपछी फर्केर आउदैनन उनले भने यसरी देशको विकास कसरी हुन सक्छ ।
विरामी हुदा, घरको कुनै सदस्य बाहिर गएको अवस्थामा कति बेला आउछ भनेर फोन गर्न, एम्बुलेन्स बोलाउनु पर्यो भने सिमलपानीको छेडा बजार जानु पर्छ, स्थानिय प्रीयन्का बिसिले भनिन्, नमस्ते र एन्सेल दुबैले काम गर्दैन । पछिल्लो समय टेलिकम विभिन्न सेवा विस्तार गरे पनि यहाँका जनता सन्चार विहिन हुनु परेको छ ।
शितगङ्गा नगरपालिकाको सिमलपानी मात्र हैन धेरै जस्तो ठाउमा टेलिफोनले काम गर्दैन । नेताहरुले ठुला ठुला भाषणभन्दा जनताको आवस्यक्ता के हो त्यो बुझेर काम गरे जनताको हित हुने थियो ।

स्रोत… अर्घाखाँची.कम

0Shares