बिजनेस

सुनको भाउ घट्यो

0Shares

काठमाडौ,असार १० : आज सुनको भाउ सामान्य घटेको छ भने चाँदीको भाउ भने स्थिर रहेको छ । आज सुन भाउ तोलामा २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९० हजार ७०० र तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा खरिद बिक्री भएको थियो । यस्तै चाँदीभने अघिल्लो दिनकै भाउ अर्थात प्रतितोला १ हजार २९५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

0Shares