पुंजीबजार

सुनको मुल्य बढ्यो

0Shares

काठमाडौ,वैशाख ८: नेपाली बजारमा हिंजो मंगलबारको दिन घटेको सुनको भाउ आज बैसाख ८ गते बुधबारको दिन बढेको छ । आजको दिनमा सुन प्रति तोलामा एक हजार तीन सय रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार स्थानीय बजारमा आज छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन हिंजो मंगलबार सुन तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । नयाँ बर्ष २०७८ सालको शुरुवाती महिना वैशाख लागेयता निरन्तर सुनको मूल्य उकालो लागेको थियो जुन हिंजो मंगलबार मात्र ओरालो लागेको थियो ।त्यस्तै, चाँदीको भाउ लगातार चार दिन एकै भाउमा कारोबार भएपनि बुधबार भने वृद्धि भएको छ । आजको दिनमा चाँदी एक तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३१० रुपैयाँमा किनबेच हुँदैछ । वैशाख ३ गतेयता चाँदीको भाउ स्थिर रहेर प्रतितोला एक हजार ३०० रुपैयाँ कायम भएको थियो ।

0Shares