पुंजीबजार

सुनको मूल्यमा वृद्धि

0Shares

काठमाडौ,वैशाख ६: वैशाख लागेयता सुनको मूल्य निरन्तर बढेको छ । वैशाख ६ गते, सोमबार सुन तोलामा ३०० रुपैयाँले वृद्धि भएको हो ।यस दिन छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकले देखाएको छ । यस्तै तेजाबी सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा किनबेच हुँदैछ ।
अघिल्लो कारोबार दिन पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर प्रतितोला ९० हजार ७०० रुपैयाँ तोकिएको थियो ।चाँदीको भाउ भने लगातार दोश्रो दिन स्थिर रहेको छ । महासंघले जनाए अनुसार सोमबार पनि चाँदी प्रतितोला एक हजार ३०० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

0Shares